काठमाडौं । चलचित्र ‘परस्त्री’को म्युजिक राइट्स भारतीय म्युजिक कम्पनी बीफोयू मुभी एन्ड म्युजिकले खरिद गरेको छ । हिन्दी भाषामा डब भएको ‘परस्त्री’को म्युजिक राइट्स बीफोयू मुभी एन्ड म्युजिकले खरिद गरेको हो ।
अमित मिश्र, सोनल प्रधान र कुनाल गान्जावालाले ‘परस्त्री’का गीत गाएका छन् । दुईवटै गीत अगष्ट १५ मा रिलिज हुने निर्माता शर्मिला पाण्डेले जानकारी दिइन् । “हामीले राम्रो मूल्यमा म्युजिक राइट्स बिक्री गरेका छौँ । यो विश्वासका लागि बीफोयू मुभी एन्ड म्युजिकलाई धन्यवाद,” शर्मिलाले बाह्रखरीसँग भनिन्, “गीतसँगै पहिलो ट्रेलर पनि कम्पनीले किनेको छ ।”
‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग...’ सार्वजनिक
परस्त्री’ जुन ३० अर्थात असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुँदै छ । ‘परस्त्री’ हिन्दी भाषामा डबिङ भइसकेको छ । निर्माता शर्मिलाका अनुसार हिन्दीमा डब गरिएको चलचित्र भने भारतमा हलमै रिलिज हुनेछ ।
सुरजको निर्देशन रहेको सिनेमाको कथा दीपेन्द्र के खनालले लेखेका छन् । शर्मिला पाण्डेले निर्माण गरेको सिनेमालाई सुरज पाण्डेले निर्देशन गरेका छन् ।
‘परस्त्री’को गीत गाउँदै भारतीय गायक/गायिका अमित, सोनल र कुनल
कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ । सिनेमाले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा भन्छ ।
भारतका ५०० हलमा नेपाली चलचित्र ‘परस्त्री’ रिलिज हुने