site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘परस्त्री’को गीत गाउँदै भारतीय गायक/गायिका अमित, सोनल र कुनल

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’का तीनवटा गीत भारतीय गायक÷गायिकाले गाउने भएका छन् । अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाउने ‘परस्त्री’को गीत गाउने भएका हुन् । 

अमित, सोनल र कुनल तीनैजना बलिउड सिने नगरीमा लोकप्रिय प्लेब्याक सिंगरको छवि बनाएका कलाकार हुन् । निर्देशक सुरज पाण्डेका अनुसार कुनल गञ्जवालाको स्वरमा गीत रेकर्ड भइसकेको छ । अमित र सोनलले गाउन बाँकी छ । उनीहरूले आज गीत रेकर्ड गर्ने निर्देशक सुरजले जानकारी दिए । 

नेपालीमा भने छेतेन क्षेत्री र निकिथा थापाले गीत गाएका छन् । भारतीय सिंगरले गाएका गीत जेठ १६ गते रिलिज गरिने निर्देशक सुरजको भनाइ छ । 

‘परस्त्री’ जुन ३० अर्थात असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुँदै छ । ‘परस्त्री’ हिन्दी भाषामा डबिङ भइसकेको छ । 

सुरजको निर्देशन रहेको सिनेमाको कथा दीपेन्द्र के खनालले लेखेका छन् । शर्मिला पाण्डेले निर्माण गरेको सिनेमामा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro