खेल

काठमाडौं । बार्सिलोना जाने चर्चा रहे पनि निको विलियम्स एथ्लेटिको बिल्बाओसँगको सम्झौता नवीकरण गरेका छन् ।
शुक्रबार बिल्बाओले विलियम्ससँगको सम्झौता आगामी १० वर्षका निम्ति थपेको हो । नयाँ सम्झौताअनुसार उनी सन् २०३५ सम्म एथ्लेटिकोमा रहने छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएअनुसार एथ्लेटिकले विलियम्सको सम्झौता मूल्य ५० प्रतिशतले वृद्धि हुनेछ । विलियम्सलाई एथ्लेटिकोले सन् २०२० मा भित्र्याएको थियो । विलियम्सले हालसम्म क्लबबाट १६७ खेल खेलेका छन् ।
“जब निर्णय लिने कुरा आउँछ तपाईंले सधैँ तपाईंको मनको कुरा सुन्नुपर्छ । म जहाँ हुनुपर्नेथ्यो म त्यही छु । यो मेरो घर हो,” सम्झौता नवीकरणपछि विलियम्सले भने ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १७:४२
प्रतिक्रिया दिनुहोस्