site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नयाँ संसद् भवन निर्धारित समयमा सम्पन्न गर्न सभामुखको निर्देशन
फाइल तस्बिर।

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको आज स्थलगत अवलोकन गर्ने क्रममा उनले निर्माणका लागि अनुकूल वातावरण रहेको बेला काममा ढिलाइ नगर्न निर्देशन दिए ।

उनले भने, “अब यस भवन निर्माणले गति लिन्छ, लिनुपर्छ । हिजोको प्रतिकूलता आज अनुकूलमा परिवर्तन भएको छ । निर्माणका लागि पेमेन्ट, एलसी खुल्नेदेखि सामानको अर्डर गर्ने अनुकूल वातावरण बनेको छ । यस कारण पनि निर्धारित समयमै निर्माण हुनुपर्छ ।”

अवलोकनका क्रममा सहरी विकासमन्त्री सीता गुरुङले निर्धारित समयमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन् । उनले भनिन्, “हामी हिउँदे अधिवेशन यहीबाट सुरुआत गर्नुपर्छ भन्ने अठोटका साथ यहा म आएपछि निरन्तर फलो गरिरहेको छु । म्याद थप गर्ने रहर छैन, समस्याको समाधान हैन ।”

मन्त्री गुरुङले निर्माण कम्पनीलाई आवश्यक जनशक्ति थपेर कामलाई तीव्र गति दिनसमेत निर्देशन दिइन् । उनले मन्त्रालयबाट भुक्तानी र नीतिगत कुरामा कमीकमजोरीलाई भए आवश्यकताअनुसार निर्णय गर्न तयार रहेको बताइन् । 

यस्तै, उपसभामुख इन्दिरा रानाले पनि निर्धारित समयमा अनिवार्यरुपमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन् । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro