site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ए डिभिजन लिग : विदेशी खेलाडीबिना खेल्दै क्लब, उपाधि होड र रेलिगेसनको समीकरण फेरिने सम्भावना

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको समापन नजिकिँदै गर्दा विदेशी खेलाडीको श्रम सम्झौता समाप्त भएपछि आज क्लबहरुले उनीहरुबिना नै प्रतिस्पर्धा गरेका छन् । श्रम सम्झौता समाप्त भएका कारण बिहीबार फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब विदेशी खेलाडीबिना नै प्रतिस्पर्धामा उत्रिए ।

“प्राय सबै खेलाडीको श्रम सकिएको छ । त्यही भएर आज खेल्न पाएनन् । आज खेल हुने समयसम्म बन्ने आशा थियो, तर भएन । सबै प्रक्रियामा छ । चाँडै बन्ने विश्वास गरौँ,” नेपाल आउने विदेशी खेलाडीको श्रमको काम हेर्ने सगुन तन्डुलकारले भने ।

लिगका लागि हिमालयन शेर्पाले म्यानुयल नाना आग्योमांग, पिस्टोन मुतम्बा, अबायोमी फाल्कुने र दिवस उराइलाई अनुबन्ध गर्दा फ्रेन्ड्सले टोरिक जेब्रिन, अख्रोरबेक उक्ताभोव, रफिक एमिनु र बेन नास क्वोन्सालाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको थियो ।

तर, च्यासल रंगशालामा बिहीबार फ्रेन्ड्स र हिमालयन शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा भने यी खेलाडी टिमको लाइनअपमा देखिएनन् ।

श्रमको मिति कायम रहेकाले आजै भएको न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब भने विदेशी खेलाडीसहित मैदान उत्रिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मोसेस त्वमले गरेको गोल निर्णायक बनेपछि पुलिसले महत्वपूर्ण तीन अंक सुनिश्चित गरेको थियो ।

आजैको तेस्रो खेलमा नवप्रवेशी फुटबल क्लब खुमलटार पनि मनाङ मस्र्याङ्दीसँग विदेशी खेलाडीबीना नै प्रतिस्पर्धामा छन् । मनाङको टिममा पनि साहिद अजिज, डियावान्डोउ डियाग्ने र कोफी काउडो छैनन् ।

फागुन तेस्रो हप्तादेखि डबल राउन्ड रोविन पद्दतिमा भइरहेको लिगमा अब अन्तिम तीन (केही क्लबको चार) खेलको नजितामात्र आउन बाँकी छ । लिगको सुरुआतदेखि नै सबै क्लबका प्रशिक्षकहरुले लिगमा विदेशी खेलाडी प्रभावकारी रहेको बताइरहँदा अन्तिम केही चरणका खेलमात्र बाँकी रहँदा विदेशी खेलाडी नहुनु क्लबहरुका लागि ठूलो घाटा हुनसक्ने देखिन्छ ।

अझ फ्रेन्ड्स र खुमलटार तालिकाको रेलिगेसन क्षेत्रमा छन् । रेलिगेसन क्षेत्रभन्दा माथि रहेको क्लब दुई अंकमात्र अघि छन् । एक खेलको नतिजाले रेलिगेसन समीकरणमा ठूलो प्रभाव पार्ने अवस्था रहँदा ‘गेम चेन्जर’ सावित बनिरहेका विदेशी खेलाडी नहुनुले क्लबलाई ठूलो नोक्सान गर्ने निश्चित छ ।

२३ खेलको नतिजा आउँदा हिमालयन शेर्पा ३० अंकसहित छैटौँ स्थानमा छ । समान खेलबाट २५ अंक जोडेको फ्रेन्ड्स तालिकाको १३औँ स्थानमा छ । फ्रेन्ड्सभन्दा माथि रेलिगेसनबाट बाहिर रहेको संकटाको २७ अंक छ ।

एनआरटीलाई हराएको पुलिस ३४ अंकसहित चौथो स्थानमा छ । कुनै समय तालिकाको रेलिगेसन क्षेत्रमा रहेको पुलिसको नतिजामा विदेशी खेलाडी आएपछि नै सुधार आएको हो ।

तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले ४१ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्र र तेस्रो स्थानको जावलाखेलको खातामा क्रमशः ३९ र ३७ अंक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro