site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीले पीएसजी छोड्ने निश्चित, प्रशिक्षक गाल्टियरले गरे पुष्टि

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने निश्चित बनेको छ ।

दुई वर्षअघि पीएसजीमा अनुबन्धित भएका मेसीले यस सिजनको अन्त्यसँगै क्लब छोड्ने प्रशिक्षक क्रिस्टोफर गाल्टियरले पुष्टि गरेका हुन् । मेसी सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए ।

Dabur Nepal
NIC Asia

“फुटबल इतिहासको उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिन पाउनु मेरो लागि सौभाग्यको कुरा हो । क्लेरमोन्टविरुद्ध पार्क डेस प्रिन्सेसमा मेसीको अन्तिम खेल हुनेछ,” प्रशिक्षक गाल्टियरले भने ।

अन्तिम खेलअगावै फ्रेन्च लिगको उपाधि जितेको पीएसजीले आइतबार लिगको अन्तिम खेलमा क्लेमोन्ट फुटसँग प्रतिस्पर्धा गर्दै छ ।

मेसी र पीएसजीबीच दुई वर्षको सम्झौता थियो । सम्झौतामा एक वर्ष थप गर्नसक्ने विकल्प भए पनि क्लब र मेसी दुवै सम्झौता बढाउन इच्छुक नबनेपछि उनले पीएसजी छोड्ने भएका हुन् ।

पीएसजी छोड्ने चर्चासँगै मेसीलाई उनको पूर्वक्लब बार्सिलोनाले अनुबन्ध गर्न खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, मेसीका लागि साउदी अरेबियाको क्लब अल हिलालले कीर्तिमानी ४०० मिलियन युरो र अमेरिकी मेजर सकर लिगको क्लब इन्टर मियामीले पनि सम्झौताका लागि इच्छा देखाइरहेको चर्चा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro