site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो सर्त

ओस्लो । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताएको छ । साथै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने सर्त अघि सारेको छ । 

साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि अमेरिकाले मध्यस्थता गर्न चाहेको बताउँदै युद्धविरामको पालनामा गम्भीर हुन आह्वान गरेको छ । 

“युद्धविरामको पालना गर्न दुवै पक्ष गम्भीर रहेको स्पष्ट भएपछि अमेरिका र साउदी अरबले द्वन्द्वको समाधान वार्ताबाट खोज्न तथा अवरुद्ध भएका वार्तालाई पुनः सरू गर्न अमेरिका र साउदी तयार छन्,” अमेरिका विदेश मन्त्रालयका प्रवक्ताले विदेशमन्त्री एन्टोनी ब्लिंकेन ओस्लो पुगेपछि भनेका छन् । 

सुडानको सेनाले बुधबार युद्धविराम वार्ताबाट बाहिरिएपछि अर्धसैनिक बलको आधार क्षेत्रमा विस्फोट गराएको छ भने आफ्नो प्रतिद्वन्द्वीले सहायता  सामग्री प्राप्तिमा अवरोध गर्दै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । 

विदेश मन्त्रालयका प्रवक्ताले दुवै पक्षबाट युद्धविरामको गम्भीर उल्लंघन भएको बताएका छन् । सुडानी जनताप्रतिको दायित्व दुवै पक्षले बिर्सन नहुनेमा जोड दिँदै उनले युद्धविरामको पालना गर्न आग्रह गरेका छन् । रासस/एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro