site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मधेस प्रदेशसभामा सरकार खोज्दै सत्तारुढ दल
Ghorahi CementGhorahi Cement

जनकपुरधाम । मधेस प्रदेशसभामा सत्तारुढ दलकै सांसदहरूले सरकारलाई खोजी गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा सरकारको प्रतिनिधित्व नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् ।

सो बैठकमा सरकारको कुनै पनि क्याबिनेट मन्त्रीको उपस्थिति थिएन । यद्यपि, बैठकको अन्त्यतिर शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव उपस्थित भए ।

सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्मा तिवारीले विशेष समयमा रोष्टमबाटै आपत्ति जनाइन् । उनले सभामा सरकारको मन्त्री उपस्थित नभएको गुनासो गरिन् ।

Agni Group

“अहिले नियमापत्ति गर्दा नि हुन्छ । सभा सञ्चालन भइरहेको छ तर यहाँ सरकारको कुनै मन्त्री सहभागी छैनन्,” उनले भनिन्, “कुन नियमले हामी यो सभा सञ्चालन गर्दै छौँ ? के मन्त्रीज्यूहरू बजेट वितरणमा व्यस्त हुुनुहुन्छ ?”

सभा चलाउने फुर्सद छैन भने सभा सञ्चालनको कुनै औचित्य नभएको उनले जिकिर गरिन् ।

Global Ime bank

“सरकार कता छ ? कहाँ हरायो ?  सरकारको उपस्थिति यहाँ किन भएन ? सभा प्राथमिकतामा छैन भने हामी किन चलाउँदै छौँ ?,” उनले आक्रोशपूर्ण शैलीमा भनिन्, “भागवण्डाको कारण यहाँ प्रदेशसभाको महत्वमाथि प्रश्न खडा भएको छ । यो खाली कुर्सीहरू देख्दा लाज लाग्दै छ । यहाँ सुन्ने र कराउने बाहेक अरू कुनै काम छैन ।”

त्यसपछि उपभामुख बबिता राउत इसरले नेकपा (माओवादी केन्द्र)का सांसद रज्जी हैदरलाई बोल्न समय दिएको घोषणा गरिन् । सांसद शर्मा आफ्नो प्रस्थानतर्फ जाँदै थिइन् । तर, उनलाई सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)को सांसदले सभामाबिना विभागिय मन्त्री संजय यादव भएको जानकारी गराएकी थिइन् ।

त्यसपछि लोसपा सांसद शर्माले पुनः टेबुल ठोक्काउँदै सवाल जवाफमा उत्रिइन् । सांसद शर्माले संजय यादव क्याबिनेट मन्त्री नभएको हुनाले सरकारको प्रतिनिधित्व सभामानभएको जिकिर गर्दै थिइन् ।

उपसभामुख बबिता राउतले रूलिङ गर्दै संजय यादव सरकारको मन्त्री भएको हुनाले सरकारको प्रतिनिधित्व भएको बताउँदै थिइन् । त्यसपछि नेकपा (एमाले) संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले क्याबिनेट मन्त्रीलाई बोलाउन माग गरे ।

“अविलम्ब मन्त्री बोलाउनु पर्‍यो नभए हामी हाउस अवरुद्ध गछौँ,” उनले चेतावनी शैलीमा भने । उनको यो घोषणापछि एमालेका सबै सांसद उठेर नियमापत्ति जनाए ।

त्यतिबेला सांसद र उपभसामुखबीच जुहारी नै चलेको थियो । उपसभामुख राउतले पटकपटक सरकारको प्रतिनिधित्व रहेको भन्दै सांसदलाई बस्न अनुरोध गरिन् ।

सांसदहरूको नियमापत्ति नमिलेको उपसभामुख राउतको दाबी छ । केही समयको सवाल जवाफ पछि उपसभामुख राउतले पुनः सांसदलाई आफ्नो विचार राख्न आग्रह गरिन् । त्यसपछि एमाले सांसदहरूले सभा सञ्चालन हुन दिए ।

सभामाबुधबार कुनै मन्त्री उपस्थित थिएनन् । संसद्को अन्त्य तिर शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव आए । उनले मुख्यमन्त्री सरोजकुमार यादवको तर्फबाट मधेस प्रदेशको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस गर्नेसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रदेशको नामकरण नहुँदा बनेको विधेयक तथा ऐनहरूमा प्रदेश नम्बर २ लेखिएको छ । सोही सच्याउनको लागि संशोधन प्रस्ताव पेस गरिएको छ । उनको प्रस्ताव सर्वसहमतबाट स्वीकृत भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए । बैठक बिहीबार दिउँसो १ बजे सम्मको लागि स्थगित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC