site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यमन्त्रीको निर्देशन : अस्पतालमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नू
फाइल तस्बिर।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् । 

बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अस्पतालहरुमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरु के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे । 

उक्त काम सुरु भइरहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताउँदै उनले ओपीडी टिकट अनलाइनमार्फत पनि लिन सकिने बताए । उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए ।

संसारभरमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै उनले कर बढाउनुपर्ने बताए । सुर्तीजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरुको उपचारमा प्रयोग गर्नुपर्ने बताए ।

उनले गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro