site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले भन्यो– नागरिकता विधेयकलाई भारत भ्रमणसँग जोड्नु हास्यास्पद
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणसँग नजोड्न आग्रह गरेको छ । 

पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकता विधेयकको सम्बन्ध भारत, चीनसहित कुनै पनि मुलुकसँग नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सन्दर्भ परेको होला वा मिलेको होला । तर, यो नागरिकता विधेयक भारतसँग वा कुनै पनि देशसँग सम्बन्ध वा सरोकार नै राख्दैन । तर, हामी नेपालीहरू हावा र हल्लामा अगाडि बढ्ने भएकाले नागरिकता विधेयकले छिमेकी कुनै पनि मित्र राष्ट्रसँग केही पनि सम्बन्ध राख्दैन,” उनले बाह्रखरीसँगको फोन संवादमा भने, “किनभने यसमा अंगीकृत नागरिकताबारे बोलिएकै छैन । वैवाहिक अंगीकृतको विषयमा पनि बोलेको छैन, केही लेखेको छैन । नलेखेको कुरा मात्र चर्चा भएको हो । जे लेखेको छ, त्यसको विषयमा चर्चा नै भएको छैन ।”

उनले नागरिकता विधेयकमा भएका सकारात्मक विषयको चर्चा नभएको पनि बताए । “गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकारसहितको नागरिकता दिने विषय छ । यसको महत्त्वको विषयमा हामीले चर्चा गरेनौँ । बाबुको ठेगान नभएको एकल आमासँग भएको सन्तानको नागरिकताको विषयमा लेखेका छौँ । त्यसको बारेमा किन बोलिँदैन ? त्यसकारण यो नागरिकता विधेयक भारत वा चिनसँग जोड्यौँ भने हास्यास्पद हुने छ,” उनले भने । 

Global Ime bank

विश्वकर्माले एमालेले ल्याएको अध्यादेशमा कुनै परिवर्तन नगरेर विधेयक ल्याइँदा पनि अनावश्यक प्रश्च उठाइएको जनाइएको बताए । विधेयकमा गैरआवासीय नागरिकको विषय मात्र थपिएको उनको दाबी छ । उनले एमालेले प्रमुख प्रपितक्षी दलको हैसियत गुमाएको पनि टिप्पणी गरे ।

“रमेश लेखकले भनेजस्तै सभामुखको दाहिनेपट्टि बस्दा सबै झिलिमिलि देख्ने र सभामुखको देब्रेपट्टि बस्दा अन्धकार देख्ने विषय प्रमुख प्रतिपक्ष एमाले र केपी ओलीले त्याग्नुपर्छ,” विश्वकर्माले भने ।

नागरिकता विधेयकलाई संसद्का दुवै सदनले पारित गरेर दोस्रोपटक पठाउँदा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोजमा रोकिदिएकी थिइन् । गत वर्षको साउन १६ मा संसद्ले तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले आठ बुँदे कारणसहित संसद्लाई फिर्ता गरिदिएकी थिइन् । 

सदनले दोस्रोपटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिसमक्ष पठाएको थियो । तर, १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाविपरीत राष्ट्रपतिले विधेयकलाई थन्क्याइदिएकी थिइन् । तत्कालीन राष्ट्रपति भण्डारी पदबाट बिदा भएको तीन महिनामा नयाँ राष्ट्रपतिले मन्त्रिपरिषद्को आग्रकमा विधेयक प्रमाणीकरण गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC