site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको प्रतिक्रिया– बाटो गलत भयो, भारत जाँदै गर्दा हतारो किन ?
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द पौडेलले प्रमाणीकरण गरेका छन् । उनले बुधबार विधेयक प्रमाणीकरण गरेपछि एमालेले सरकारको बाटो गलत भएको टिप्पणी गरेको छ ।

एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकमा सरकार सोझो बाटो नहिँडेको प्रतिक्रिया दिए । उनले संंसद्बाट विधेयक पारित गरेर लैजाउनुपर्नेमा बाटो नाघेको बताए । 

“नागरिकतासम्बन्धी विषयमा ढिलाइ भएको हो । त्यसले हाम्रा धेरै हाम्रा दिदीबहिनी, दाजुभाइ, मित्रलाई अप्ठेरो परेको हो । त्यस कुरालाई ध्यान पुर्‍याउनुपर्ने हो । त्यसमा दुईमत छैन । नागरिकता विधेयक पास गर्ने सोझो राम्रो तरिका संसद्मा ल्याएर बरु यही पटक चाँडो चाँडो पास गर्न सकिन्थ्यो,” उनले बाह्रखरीसँग भने, “सजिलो, सकारात्मक सोझो बाटो यही थियो ।” 

उनले अहिले सिफारिस गर्ने व्यक्तिले त्यतिबेला राष्ट्रपतिले म्याद सकिएको प्रतिक्रया दिएको भन्दै अहिले क्याबिनेटले पास गर्दैमा म्याद कसरी थपियो भनेर प्रश्न गरे ।  

“पहिले राष्ट्रपतिकोमा प्रकमाणीकरण नगरी बसेको थियो । स्वयम् अहिले गर्ने साथीहरूले विरोध गरेर राष्ट्रपतिले संविधानले दिएको म्याद नाघेर पनि गर्नुभएन भन्नुभयो,” उनले भने, “अहिले क्याबिनेटले गर्दिनुभन्दा उहाँकै भनाइमा पहिले म्याद नागेको विधेयकको म्याद अचानक क्याबिनेटले पास गर्दा थपिन्छ ?”

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका बेला किन हतारो गरिएको भन्दै प्रश्न पनि गरे । 

“प्रमाणीकरणका लागि जाने संसद्बाट हो । सरकारले निर्णय गरेर पठाउने काम भयो,” नेम्वाङले बाह्रखरीसँग भने, “केही छिनमा प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ । यो हतारो किन ?”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro