site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्धको रिटको पेसी आज 
फाइल तस्बिर

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी आजका लागि तोकिएको छ । मंगलबार दयार रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको हो । 

घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले उक्त रिट दर्ता गराएकी हुन् । 

आइतबार मन्त्रिपरिषद्को बैठकले चौधरीसहित १९ राजबन्दीलाई आममाफी दिन सिफारिस गरेको तियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए ।

गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।

रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

संविधानसभाबाट संविधान जारीको तयारी भइरहेका बेला ०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरीजवान जनक नेगी मारिएका थिए ।

पीडितलाई अन्याय हुने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको भन्दै उक्त निर्णय र सिफारिसको कार्यान्वयन रोक्न रिटमा माग गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro