site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम प्रदेशसभा : सभामुखद्वारा रुलिङ

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा जनसरोकारका मुद्दामा बहस भइरहेकाले संसद्मा सरकारको बलियो उपस्थिति देखाउन आज रुलिङ गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक २०८०/०८१ का सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलका क्रममा प्रमुख विपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि प्रदेश सरकारका मुख्यमन्त्री संसद् बैठकमा अनुपस्थित भएको भन्दै सदनको ध्यानाकर्षण गराएका थिए ।

विनियोजन विधेयकमाथिको छलफल जारी रहँदा मुख्यमन्त्री कमलबहादुर शाह झण्डै आधा घण्टा बसेर बैठक कक्षबाट बाहिरिएका थिए ।

बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको आजको छलफलमा बहादुरसिंह थापा, मानबहादुर धामी, चक्र मल्ल, खुसीराम चौधरी, प्रकाश रावल, खेमादेवी विष्ट, ताराप्रसाद जोशी, शिवराज भट्ट, ओमविक्रम भाट, हिरा सार्की, मानबहादुर रावल, मधुदेवी भारती, डम्मरी महरा, गीताकुमारी चौधरी, तुल्सी देवकोटा, सुरेन्द्रबहादुर पाल र धर्मराज पाठकले भाग लिएका थिए ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८०/०८१ मा योजनाबद्ध विकासमार्फत वित्तीय सुशासन, गुणस्तरीय पूर्वाधार एवं सामाजिक क्षेत्रको विकास, प्रभावकारी सेवा प्रवाह गरी सन्तुलित विकासलाई प्राथमिकता दिइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro