site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुस्त गतिमा अघि बढ्दै स्वास्थ्यका वर्षौं पुराना कार्यक्रम
Tiktok banner adTiktok banner ad

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा दसौँपटक भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिदको विषय समेटिएको छ । आर्थिक वर्ष २०७०/०७१ को बजेटमै भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन र त्यसका लागि साइक्लोट्रोन खरिद गर्न १६ करोड रुपैयाँ छुट्याइएको थियो । 

सोही शीर्षकमा सरकारले आर्थिक वर्ष २०७१/७२ मा ४५ करोड, २०७२/७३ मा ४० करोड, २०७३/७४ मा ५५ करोड रकम विनियोजन गरेको थियो । तर, मेसिन खरिद हुन सकेन । बरु वर्षैपिच्छे बजेट फ्रिज भइरह्यो ।

आर्थिक वर्ष २०७४/०७५ को बजेटमा यो विषय नछोइए पनि आर्थिक वर्ष २०७५/०७६ मा भरतपुर अस्पतालमा पेट स्क्यान मेसिन खरिद गर्न भन्दै सरकारले पुन: २० करोड रुपैयाँ छुट्यायो । 

आर्थिक वर्ष २०७६/०७७ को बजेटमा ‘बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर क्यान्सर अस्पताल’को विस्तारित सेवाका लागि आवश्यक रकम भन्ने शीर्षक समेटियो । ०७७/०७८ तथा ०७८/०७९ को बजेटमा नछोइएको यो विषय फेरि ०७९/०८० मा समेटियो ।

चालु आर्थिक वर्षको बजेटमा भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मोसिन तथा साइक्लोट्रोन उत्पादन गर्ने मेसिन खरिद गर्न रकम विनियोजन गरिएको उल्लेख छ । 

अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत बजेटमा पनि ‘भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन तथा साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न आवश्यक रकम विनियोजन गरिएको’ उल्लेख छ । 

यो एउटा उदाहरण मात्रै हो । वर्षेनि दोहोरिएका तर कार्यप्रगति अत्यन्तै न्यून भएका योजनालाई समेत सरकारले बजेट वक्तव्यमा समेट्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ देखि सबै स्थानीय तहमा ५, १० र १५ शय्याका अधारभूत अस्पताल निर्माणको योजना बजेटमा समेटिएको थियो । 

सोही लक्ष्यअनुसार २०७७ मंसिरमा देशभरका ३९६ स्थानीय तहमा एकैपटक आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । ती अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले घोषणा गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा २७२ वटा आधारभूत अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ३९६ वटै स्थानीय तहमा आधारभूत अस्पताल सम्पन्न गर्न ६ अर्ब १५ करोड रुपैयाँ छुट्याइयो । 

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा आधारभस्त अस्पतालको योजनालाई महत्त्वकांक्षी बनाएर ६५५ वटामा विस्तार गर्ने विषय बजेटमा समेटियो । त्यसका लागि १० अर्ब रुपैयाँ छुट्याइयो । तर, वर्ष २०७९ को अन्तिमसम्म ३०२ वटा अस्पताल निर्माणाधीन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । आगामी आर्थिक वर्षमा ३२२ वटा आधारभूत अस्पताल निर्माणका लागि छुट्याइएको छ । 

बजेटको प्राथमिकतामा परेको तर अत्यन्तै सुस्त गतिमा अघि बढेको अर्को कार्यक्रम हो, स्वास्थ्य बिमा । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउन २०७२ सालबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम वर्षेनि बजेटको प्राथमिकतामा पर्ने गरेको छ । 

आर्थिक वर्ष २०७६/०७७ सालको बजेटमा सबै स्थानीय तहमा बिमा सेवा विस्तार गरिने उल्लेख थियो । त्यसका लागि ६ अर्ब रुपैयाँ रकम विनियोजन गरिएको थियो । 

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा तीन वर्षभित्र सबैमा स्वास्थ्य बिमा पुर्‍याउने, २०७८/७९ मा ५० प्रतिशतलाई बिमाको दायरामा ल्याउने लक्ष्य राखिएको थियो । आर्थिक वर्ष  २०७९/८० को बजेटमा सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने घोषणा गरियो । तर, सोही बजेटमा स्वास्थ्य बिमा सेवा सरकारी र सामुदायिक स्वास्थ्य संस्थाबाट मात्रै प्रदान गर्ने भन्दै यसको दायरा खुम्च्याइयो । 

हाल करिब ३५ प्रतिशत नागरिकले मात्रै सरकारको बिमाबापतको औषधि उपचार सेवा लिइरहेका छन् । र, आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कार्यक्रमलाई क्रमशः स्वास्थ्य बिमाको दायरामा ल्याइने भनिएको छ । बजेट स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने उल्लेख छ । 

आर्थिक वर्ष २०७६/७७ यता कीर्तिपुरमा सुरस्पेस्यालिटी केन्द्र स्थापना गर्ने योजना बजेटमा निरन्तर राखिएको छ । २०७८/७९ मा कीर्तिपुरमा एक हजार ५०० शय्याको सुपरस्पेस्यालिटी केन्द्र निर्माण सुरु गरी तीन वर्षभित्र सञ्चालनमा ल्याउने भनेरै उल्लेख गरिएको थियो । 

तर, यसको पनि कार्यप्रगति भने शून्यजस्तै छ । राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने योजना पाँच वर्षयता हरेक बजेटमा घोषणा गरिँदै आएको छ । त्यसका लागि आर्थिक वर्ष २०७७/७८ मा ४० करोड, प्रतिष्ठानसहित अन्य लागि अन्य पाँच अस्पताललाई समेत गरी समेत गरी २०७८/७९ मा एक अर्ब २८ करोड रुपैयाँ छुट्याइएको थियो । 

तर, हालसम्म सञ्चालनमा आउन नसकेको सो अस्पतालका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि आवश्यक रकम छुट्याइएको छ । 

त्यस्तै, उपत्यकाभित्र ३०० शय्याको सरुवारोग अस्पताल र सबै प्रदेशमा ५० शय्याका सरुवारोग अस्पताल निर्माणको योजना पनि आर्थिक वर्ष २०७७/७८ देखिकै हो । तीन वर्षमा निर्माणकार्य सक्ने घोषणा गरिएको सो योजना र स्वास्थ्यका समग्र पूर्वाधार विकासमा सो वर्ष १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा उपत्यकाभित्र तीनसय शय्याको सरुवारोग अस्पताल र सबै प्रदेशमा ५० शय्याका अस्पताल बनाउन एक अर्ब ३० करोड रुपैयाँ छुट्याइयो । सो योजनाअनुसार हाल काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल विस्तारको काम अघि बढेको छ भने अन्य प्रदेशमा निर्माणकार्य अलमलमा छ ।

चालु आर्थिक वर्षमा आगमी आर्थिक वर्षमा सो योजनाका लागि ४६ करोड रुपैयाँ छुट्याइएको छ । जबकि शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल विस्तारका लागि मात्रै भवन निर्माण, फर्निचर, अक्सिजन पाइनलाइन, अप्रेसन थियटर, बेडलगायत गरी तीन अर्ब ८६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro