site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वरिष्ठ पत्रकार पुरूषोत्तम दाहालको १२औँ कृति ‘कालपात्र’ विमोचन

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा. पुरूषोत्तम दाहालको १२औँ कृति ‘कालपात्र’  विमोचन भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाहालको पुस्तक कालपात्र विमोचन गरेका हुन् ।

मेरो पत्रकारिता, शान्ता उपन्यास, प्रक्षेपणसहितका पु्स्तकका लेखक दाहालको ‘कालपात्र’ १२औँ कृति हो भने दोस्रो उपन्यास हो ।

लेखक दाहालले देशको विकृति राजनीतिले ‘कालपात्र’ जन्माएको बताए ।  राजनीतिमा अपराध भइरहेको पीडाले उपन्यासको जन्म भएको भन्दै उपन्यासको कथावस्तु मसानघाटबाट सुरू भएर मसानघाटमै अन्य भएको बताए ।

“राजनीति पछि सर्वाधिक विकृति पत्रकारिता क्षेत्रमा छ, हिजो प्रेस विरोधी बजेट आएको छ, प्रहरी, प्रशासन र न्यायालयमा पनि यस्तै विकृति छ,” प्रा. दाहालले भने, “सरकारी अनुदान लिन कमिसन दिनुपर्छ, तर यो कसैले पनि भन्दैन ।”

गत वर्षको छ महिना अमेरिका बसाइका क्रममा उपन्यास तयार पारिएको जानकारी दिए । पुस्तकमा टिप्पणी गरेको पूर्वसांसद शोभाकर पराजुलीले कालपात्र उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण रहेको बताए ।

“राजनीतिमा छरपस्ट यौनको प्रभाव पनि उपन्यासमा आएको छ, रूपको प्रभावले राजनीतिमा के गर्छ भन्ने स्वरुप उपन्यासमा पढ्न पाइन्छ,” पराजुलीले भने, “राजनीतिले धर्म छोडेको कुरा पनि उपन्यासले व्यक्त गरेको छ ।” खराब काम गर्नेहरु थोरै भएपनि संगठित हुँदा समाज नै भ्रष्टजस्तो देखिएको भन्दै पराजुृलीले असल मानिसको पुनरोदयका आशा उपन्यासले गरेको बताए ।

उपन्यासमा समीक्षात्मक टिप्पणी गरेका प्रा. डा. ज्ञानु अधिकारीले वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको त्रिकोणात्मक सम्बन्धले उपन्यासका कथानक अघि बढेको बताए ।

उपन्यासको आरम्भ र अन्त्यमा दार्शनिक चिन्तन आएको  भन्दै उपन्यासका पात्रका नाम पनि मौलिक रहेको बताए । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा कुलप्रसाद कोइरालाले आजको नेपालको यथार्थ चित्र उपन्यासमा भेट्न सकिने बताए ।

“जन्मने, मर्ने र फेरि जन्मने पौरस्त्य दर्शनमा आधारित उपन्यासका रुपमा ‘कालपात्र’ आएको छ,” प्रा. डा कोइरालाले भने ।

दाहालको उपन्यास ‘कालपात्र’ इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लिले प्रकाशन गरेको हो । दुई सय पृष्ठको पुस्तक एलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिले मुद्रण गरेको हो । उपन्यासका मूल्य ५२५ रुपैयाँ तोकिएको छ ।

लेखक दाहालका यसअघि शान्ता उपन्यासको नेपाली र अं्ग्रेजी संस्करण प्रकाशन भइसकेको छ । लेखकको यो दोस्रो उपन्यास हो । साँध, अन्धकारको यात्री, काला बादलमा उज्याला पाइला गरी तीनवटा कविता सङ्ग्रह एकलरुपमा प्रकाशन भएको छ ।

उनको केही कवि केही कविता भने संयुक्त कविता सङ्ग्रहका रुपमा प्रकाशन भएको छ । यसैगरी प्रक्षेपण विचार निबन्ध सङ्ग्रह, शिखरवृत्त कथा सङ्ग्रह, मेरो पत्रकारिता चार दशकको पत्रकारिता अनुभवका पहिलो र दोस्रो संस्करण, मानव अधिकार ः लोकतन्त्र, शान्ति र अहिंसाको आधार सहलेखनका रुपमा सार्वजनिक भइसकेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro