site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोचक उपाधि होडमा जावलाखेलको सम्भावना कायमै

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउदै जावलाखेल युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा उपाधि सम्भावना कायम राखेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीलाई २–० ले पराजित गर्दै जावलाखेलले रोचक बनेको उपाधि होडमा कायम राखेको हो ।

जावलाखेललाई जित दिलाउन दुवै गोल एन्कोटो मासोबीले गरे । जावलाखेलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५६औँ मिनेटमा मासोबीले जावलाखेललाई अग्रता दिलाएका थिए । यस्तै, ७९औँ मिनेटमा मासोबीले नै गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारेका थिए ।

जितसँगै २३ खेलबाट २३ खेलबाट ३७ अंक जोडेको जावलाखेल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जुन शीर्ष स्थानमा आसिन चर्च ब्वाइजको भन्दा एक अंक कम हो । जावलाखेलभन्दा एक खेल कम खेलेको चर्च ब्वाइजको ३८ अंक छ ।

यता, समान खेलबाट ३० अंक जोडेको आर्मी तालिकाको पाचौँ स्थानमा छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro