site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनले महिला अधिकार हनन गर्‍यो, एमालेले छैन : ओली
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले महिला अधिकार हनन गरेको बताएका छन् ।

राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले स्थानीय निर्वाचन र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संविधानको गलत व्याख्या गरेर महिलाको अधिकार खोसेको बताएका हुन् । 

“राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला हुनुपर्छ । तर, यसपटक गठबन्धनले जालझेल गर्‍यो । दुवै गठबन्धनले पाउँदा एउटा महिला दिन सकेन,” ओलीले भने, “स्थानीय तहमा प्रमुख र उपप्रमुखमा एउटा हुनुपर्नेमा विभिन्न दलको भनेर गठबन्धनले दुइटै पुरुष उठाएर महिला अधिकारको हनन गरेको छ ।”

ओलीले एमालेले भने महिला अधिकारको हनन नगरेको दाबी गरे ।

उनले महिला दिवसलाई ठूलो तिहारको संज्ञा दिए । ओलीले महिला दिवसलाई चाडको रूपमा धुमधामका साथ मनाउन आग्रह गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro