अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले सांसद विकास कोषको रकमको बचाउ गरेका छन् ।
महतले बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरेर सांसद विकास कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
अर्थ मन्त्रालयमा बजेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन गर्नेमा नभएको बताए ।
“ठेक्का मन्त्रालयले लगाउँछ, सांसद्ले केही गर्न सक्दैन । सम्बन्धित मन्त्रालयले लगाउने हो,” महतले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १४:२३
प्रतिक्रिया दिनुहोस्