site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातौँपटक बजेटमा समेटियोे भरतपुुर अस्पतालका लागि ‘पेट स्क्यान मेसिन’ खरिदको विषय
Tiktok banner adTiktok banner ad

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा दशौँपटक भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिदको विषय समेटिएको छ । १० वर्षअघि आर्थिक वर्ष २०७०/०७१ को बजेटमा भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन र त्यसका लागि साइक्लोट्रोन खरिदका लागि १६ करोड रुपैयाँ छुट्याइएको थियो ।

सोही शीर्षकमा सरकारले आर्थिक वर्ष ०७१/७२ मा ४५ करोड, ०७२/७३ मा ४० करोड, २०७३/७४ मा ५५ करोड रकम विनियोजन गरेको थियो । तर, मेसिन खरिद हु्न भने सकेन बरु वर्षैपिच्छे बजेट फ्रिज भइरह्यो । आर्थिक वर्ष २०७४/०७५ को बजेटमा यो विषय नछोइए पनि आर्थिक वर्ष २०७५/०७६ मा भरतपुुर अस्पतालमा पेटस्क्यान मेसिन  खरिद गर्न भन्दै सरकारले पुनः २० करोड रुपैयाँ छुुट्यायो ।

आर्थिक वर्ष २०७६/०७७ को बजेटमा ‘बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर क्यान्सर अस्पताल’को विस्तारित सेवाका लागि आवश्यक रकम भन्ने शीर्षक समेटियो । त्यस्तै, ०७७/०७८ तथा ०७८/०७९ को बजेटमा नछोइएको यो विषय फेरि ०७९/०८० मा समेटियो ।

चालुु आर्थिक वर्षको बजेटमा भरतपुुर क्यान्सर अस्पतालमा पेट स्क्यान मोसिन तथा साइक्लोट्रोन उत्पादन गर्ने मेसिन खरिद गर्न आवश्यक रकम विनियोजन गरिएको उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अर्थमन्त्री प्रकाशशरण महतद्वारा प्रस्तुत बजेट वक्तव्यमा पनि ‘भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन तथा साइक्लोट्रोन उत्पादन गर्ने मेसिन खरिद गर्न आवश्यक रकम विनियोजन गरिएको’ उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro