अर्थ व्यवसाय

काठमाडौं । सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटेल तथा लक्जरी रिसोर्टमा दुई प्रतिशत विलासिता शुल्क लगाउने भएको छ ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको आर्थिक विधयेकमा पाँचतारे होटेल र लक्जसी रिसोर्टमा विलासिताको कर लगाउने उल्लेख छ ।
सरकारले पहिलोपटक पाँचतारे होटेल र लक्जरी रिसोर्टमा कर लगाएको हो ।
दस लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती पत्थर जडित सुन र बहुमूल्य घातुका गरगहनामा पनि कर लाग्ने भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० २२:०५
प्रतिक्रिया दिनुहोस्