site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा क्षेत्रीय विमानस्थल बनाउने सरकारको घोषणा
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा अवस्थित विमानस्थललाई क्षेत्रीय स्तरको बनाइने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गरिने घोषणा गरेका हुन् ।

अर्थमन्त्री महतले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा विस्तार गरिने बताएका हुन् । यो विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन जनस्तरबाट विगत लामो समयदेखि माग हुँदै आएको थियो ।

यसअघि, जग्गा अधिग्रहणको कार्य अघि बढाउन सुरु गरिएको प्रक्रियाबाट सरकार पछि हटेर रोक्का भएको जग्गा फुकुवा गरिदिएको थियो । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको कार्य भने जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro