site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशका ठूला योजनालाई बजेट विनियोजन
Tiktok banner adTiktok banner ad

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा कोसी प्रदेशमा केही ठूला आयोजनामा सरकारले बजेट विनियोजन गरेको छ । 

आगमी आर्थिक वर्ष २०८०/०८१ को लागि अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटमा कोसी प्रदेशमा महत्वपूर्ण मानिएका केही ठूला आयोजनाका लागि बजेट विनियोज गरेका हुन् । 

कोसी करिडोरको लागि ८० करोड बजेट विनियोजन भएको छ । यसैगरी पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने कार्यलाई तीब्रता दिन झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडकखण्डको स्तरोन्नति गरिने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथर खण्डको सडक निर्माण गरिने अर्थमन्त्रीले महतले जनाएका छन् । 

यसैगरी मदन भण्डारी सडक अन्तर्गत इलाम सुनसरी खण्डको सडक निर्माणसमेत अघि बढाइने भएको छ । विराटनगरस्थित गिरिजाप्रसाद क्रिकेट रंगशालाको काम पनि अघि बढाइने अर्थमन्त्री महतले घोषणा गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro