अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भ्याटमा दर्ता भई वार्षिक एक करोड कारोबार गर्ने करदाताले हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेकोमा अब चार महिनामा बुझाउने व्यवस्था गरिएको बताएका छन् ।
सोमबार बजेट भाषण गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने करदातालाई केन्द्रीय विजक अनुगमन प्रणालीमा आवद्ध गरिने बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:१०
प्रतिक्रिया दिनुहोस्