खेल
काठमाडौं । सरकारले मुलपानी क्रिकेट रंगशालाको निमार्ण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मुलपानी क्रिकेट रंगशालाको निमार्ण सम्पन्न गर्ने बताएका हुन् ।
यस्तै, बजेटमा अर्थमन्त्री महतले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्णशमशेर क्रिकेट रंगशालाको निमार्ण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:३०
प्रतिक्रिया दिनुहोस्