अर्थ व्यवसाय

काठमाडौं । सरकारले वनजङ्गलमा उत्पादन हुने पातपतिङ्गर, वनमारालगायतको प्रयोगबाट बायो पेलेट र ब्रिकेट बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री प्रकाशशरण महतले यस्तो कार्यक्रम घोषणा गरेका हुन् ।
“यसबाट नवीकरणीय ऊर्जा उत्पादन हुनुका साथै कोइलाको खपत कम हुने विश्वास लिएको छु,” अर्थमन्त्री महतले भनेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:२३
प्रतिक्रिया दिनुहोस्