site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला एक महिना चल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ जेठ १७ गतेदेखि एक महिना चल्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।

नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरूको समूहले स्वदेशमा उत्पादित जुत्ता चप्पलका स्वदेशी ब्रान्डहरूलाई प्रदर्शन गर्ने बताइएको छ । मेला असार १७ गते सम्म सञ्चालन हुने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु किरण शुज म्यानुफ्याक्चर्सको उत्पादन– गोल्डस्टार, रोयल शु इन्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेस फुटवेयरको उत्पादन – बीएफ डियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको– क्रस रोड शुज, शुभकामना फुटवेयरको– फस्टवाक शुज, नमस्ते फुटवेयरको– सिल, सुरभी पोलिमर्सको– हाई लाइफ, केटीएम शुजको –केटीएम, डीजे शुज कम्पनीको– डीजे शुज गरी नौवटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहने बताइएको छ ।

मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुने जानकारी दिइएको छ । मेलाबाट जुत्ता खरिद गर्नेलाई न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइनेछ ।

Global Ime bank

उक्त मेला अवधिभर तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य व्यवस्थापनले राखेको छ । मेला अवधिभरमा पाँच करोड रूपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको छ भने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय