site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उपाधि जित्न युनाइटेडलाई अझ लगानी आवश्यक 

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले उपाधिका लागि चुनौती प्रस्तुत गर्न टिममा अझ धेरै लगानी गर्न आग्रह गरेका छन् ।

युनाइटेडले इंग्लिस प्रिमियर लिगको जारी सिजनको ७५ अंकसहित तेस्रो स्थानमा रहँदै अन्त्य गरेको छ । फेब्रुअरीमा लिग कपको उपाधि जितेको युनाइटेडसँग एफए कपको फाइनलमा पुगेका कारण यस सिजन दोस्रो उपाधि जित्ने मौका पनि छ । युनाइटेडले एफए कपको फाइनलमा शनिबार म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ ।

Dabur Nepal
NIC Asia

“हामी सही दिशामा छौँ । तर, हामी त्यहाँ छैनौं, जहाँ हुनुपर्ने थियो । त्यहाँ पुग्न अझै पनि लामो यात्रा बाँकी छ । यो टिम र खेलाडीमा त्यहाँसम्म पुग्ने क्षमता छ । यो सिजन हामीले राम्रो गरिरहेको देखायौं । यो प्रशिक्षक र खेलाडीहरूका लागि प्रशंसनीय कुरा हो । हामीले निकै मेहनत ग¥र्यौ । तर, हामीले लगानी गर्न आवश्यक छ” प्रशिक्षक टेन हागले भने ।

“क्लबलाई थाहा छ, यदि यो कठिन लिगमा शीर्ष चार र उपाधिका लागि प्रतिस्पर्धा गर्नुछ भने लगानी गर्न आवश्यक छ । होइन भने क्लबसँग यो मौका हुने छैन । किनभने अन्य क्लबले आफ्नो टिममा लगानी गर्नेछन् ।”

युनाइटेडले सन् २०१२–१३ को सिजन प्रिमियर लिगको उपाधि जितेयता घरेलु लिग जित्न सकेको छैन । त्यसबेला युनाइटेडले एलेक्स फर्गुसनको प्रशिक्षणमा प्रिमियर लिगको उपाधि जितेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro