site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नायक/निर्माता नवललाई १ लाख ५० हजार नगदसहित सम्मान 

काठमाडौं । नायक तथा निर्माता नवल खड्का एक लाख ५० हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् । सुरेन्द्र ढकाल प्रतिष्ठानले नायक खड्कालाई एक लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।  

ग्रेटर नेपाल महाअभियानले आयोजना गरेको भ्रष्टाचारविरुद्ध एक कार्यक्रम आयोजना गरेको सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानका संयोजक डा. ढकालले भ्रष्टाचारीलाई समाजमा बहिष्कार गर्दै देश निर्माणमा कटिबद्ध भएका व्यक्तिलाई प्रोत्साहन गर्नु पर्ने बताए । यसैक्रममा चलचित्र ‘दशगजा’, ‘आवाज’, ‘क्रान्ति’, ‘भिमदत्त’, ‘काँडेतार’लगायत चलचित्रका नायक तथा निर्माता खड्कालाई सम्मान गरेको बताए ।
 
उक्त सभामा खड्काले सम्मानले देशका लागि केही गरेर देखाउने प्रोत्साहन मिलेको बताए । सीमामा काँडेतार बार लगाउनु पर्छ भनेर खुला प्रस्ताव गरेको बताए । “यो प्रस्तावमा संसद्मा वहस होस् । देशविदेशमा बहस होस्,” उनले भने । 

नक्कली भुटानी शरणार्थी प्रकरण खुला सीमाका कारण भएको भन्दै उनले सीमामा काँडेतार लगाउन आवश्यक भएको बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro