अर्थ व्यवसाय
काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले आइतबारदेखि संयुक्त रूपमा कारोबार थालेका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार थालिएको हो ।
दुई कम्पनीबीच १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । यो स्वाप रेसियोअनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्तको मर्जरपछि ८२.५ कित्ता हुनेछ । युनाइटेडको भने सेयर कुनै फेरबदर हुने छैन ।
मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एसके रावल हुने छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १९:२३
प्रतिक्रिया दिनुहोस्