site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्रीको परामर्श
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरु र परराष्ट्रमन्त्रीहरुसँग परामर्श गरेका छन् । 

आइतबार सिंहदरबारमा भएको छलफलमा सकारात्मक सुझाव प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Agni Group

प्रचण्डले अब पूर्वराजदूत, विज्ञको पनि सुझाव लिएर राष्ट्रको हितमा भारत भ्रमणलाई उपयोग गर्ने बताएका छन् । आफ्नो भारत भ्रमण राष्ट्रिय सहमतिमै हुने उनको भनाइ छ ।

परामर्शमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पारवहन, सीमा समस्या, ईपीजी प्रतिवेदन बुझ्नेलगायतका विषयमा ध्यान केन्द्रित गर्न सुझाव दिएको बताए । नेपाल–भारत पानीको विवादलाई पनि समाधान गर्नुपर्नेमा जोड दिएको उको जिकिर थियो । 

Global Ime bank

त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाको विषयलाई पनि टुंगो लगाउनुपर्ने, ईपीजी प्रतिवेदन बुझ्नका लागि जोड दिनुपर्ने सहितका सुझाव दिएको बताए । 

परामर्शमा अन्य सहभागीहरुले राष्ट्रहितलाई केन्द्रमा राखेर वार्ता र छलफल गर्न सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेदेखि भारत भ्रमणमा जाँदै छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC