site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा सत्तारूढ र प्रतिपक्ष दल ऋण सीमा बढाउन सहमत
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । संयुक्त राज्य अमेरिकामा डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीका सभामुख केभिन म्याकार्थीबीच ऋण सीमा बढाउने र खर्च नियन्त्रण गर्ने सहमति भएको छ ।

तिर्न नसकेर ऋण ‘डिफल्ट’ गर्ने स्थितिमा पुग्न नदिने कदमका रूपमा दुई वर्षका लागि उक्त सीमा बढाउने सहमति गरिएको हो । यस्तो सम्झौता त्यहाँको दुवै सदनबाट पारित हुनुपर्ने प्रावधान छ ।

Agni Group

त्यहाँको अर्थमन्त्री जेनेट येलेनले आउँदो जुन ५ मा अमेरिका आफ्नो खर्च धान्न नसक्ने अवस्थामा पुग्ने र बिल तिर्न नसक्ने बताइसकेकी छन् । सोही कारण जुन ५ अगावै यो सम्झौता पारित हुने अपेक्षा गरिएको छ ।

“करिब एक हप्ता लामो वार्तापछि हामी सैद्धान्तिक सहमतिमा पुगेका छौँ । हामीले अझै धेरै काम गर्न बाँकी छ । तर, मलाई विश्वास छ कि यो अमेरिकी जनताको लागि योग्य सम्झौता हो,” म्याकार्थीले सञ्चारकर्मीसित भनिन् । सीएनएनबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu