site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले गरे कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

काठमाडौं । नेकपा (एमाले)ले कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले बुढामगरलाई सम्मान गरेका हुन् ।

यही जेठ ५ गते दिउँसो ३ बजे बुढामगर सगरमाथाको शिखर उक्लिएका थिए । त्योसँगै उनले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरे । दुवै खुट्टाको घुँडासम्मको अंग गुमाएका उनले सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हुन् ।

बुढामगरलाई सम्मान गर्दै अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सबैका लागि प्रेरणादायी कार्य भएको बताए । मानिसले सहास र संल्कप गरे असम्भव लाग्ने कार्य पनि सम्भव हुने उनले उल्लेख गरे ।

उनले विदेशी सेनामा भर्ना भएका नेपालीका विषयमा नेपाल सरकारले गम्भीरताका साथ वार्ता गर्नुपर्नेमा जोड दिए ।

कीर्तिमानी आरोही बुढामगरले अपांगता भएका व्यक्तिलाई दया–मायाभन्दा पनि अवसर दिनुपर्ने बताए । उनले सगरमाथा आरोहणसँगै आफूलाई नेपाल र नेपालीको शिर सगरमाथाजस्तै उच्च राख्न सकेको अनुभव भएको उल्लेख गरे । आउँदा दिनमा अपांगता जागरणका लागि काम गर्ने उनको भनाइ छ ।

बुढामगरले बाध्यताका कारण १५ वर्ष ब्रिटिसको जागिर खानुपरेको भन्दै अब देशको सेवा गर्ने बताए । रोल्पाका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro