site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने शीर्ष नेताको सहमतिप्रति शेखर कोइरालाको असन्तुष्टि
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने शीर्ष नेताको सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसद्मा सांसदले व्यक्त गरेका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

शीर्ष नेताले त्यस्तो अभिव्यक्ति हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुसार कार्य गर्दैमा विगतका अनिमियतता धेरै दिन ढाक्न नसकिने उनको भनाइ छ ।

“कस्तो विडम्बना ! संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरूप कार्य गर्ने,” उनले फेसबुकमा लेखेका छन्, “सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियतता कति दिन ढाक्न सकिएला र ?” 

संसद्को गरिमालाई कायम राख्नुपर्ने उनले उल्लेख गरेका छन् । संविधानले दिएको अधिकार संसद्ले स्वतन्त्र रूपमा उपभोग गर्न पाउनुपर्ने उनले बताएका छन् ।

“हामी हाम्रो सांसदको गरिमालाई कता लैजाँदै छौँ ? के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो ?,” उनले प्रश्न गरेका छन् ।

नेताका सहमतिमा संसद्को रेकर्डबाट केही विषय हटाइए पनि त्यो आमजनताको नजरबाट ओझेल नहुने उनको भनाइ छ ।

“संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला,” उनले थप लेखेका छन्, “तर, यो देशमा आमजनता, नागरिक समाज तथा सञ्चारजगत पनि छन् भन्ने कुरा बुझौँ ।”

शनिबार बिहान प्रमुख दलका शीर्ष नेताहरूबीच पशुपतिनाथ मन्दिरको जलहरीसम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने सहमति भएको थियो । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले त्यस्तो सहमति गरेका थिए । त्यसपछि शनिबारै अपराह्न बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले त्यसबारे बोलेका थिए । त्यसलगत्तै सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro