site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसजीलाई कीर्तिमानी ११औँ लिग उपाधि, मेसीको पनि कीर्तिमान

काठमाडौं । लियोनल मेसीले कीर्तिमानी गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति स्ट्रासबर्गसँग १–१ को बराबरी खेलेको छ । यससँगै पीएसजीले कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ ।

मेसीले ५९औँ मिनेटमा काइलियन एमबाप्पेको पासमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । युरोपियन शीर्ष पाँच लिगमा मेसीको यो ४९६औँ गोल हो । यससँगै मेसीले क्रिष्टियानो रोनाल्डोको नाममा रहेको ४९५ गोलको कीर्तिमान तोडेका हुन् । पीएसजीबाट मेसीको यो ३२औँ गोल हो । मेसीले यसै सिजनको अन्त्यसँगै पीएसजी छाड्ने सम्भावना प्रवल छ ।

Dabur Nepal
NIC Asia

७९औँ मिनेटमा घरेलु टोली स्ट्रासबर्गका केभिन गामेरियोले बराबरी गोल फर्काए । तर, पीएसजीलाई उपाधि पक्का गर्न एक अंक यथेष्ट थियो ।

लिगमा अझै एक खेल बाँकी छ । तर, पीएसजीले दोस्रो स्थानको लेन्ससँग चार अंकको अग्रता लिइसकेको छ । अन्तिम खेलमा पीएसजी पराजित भएर लेन्सले जिते पनि पीएसजी एक अंकले अगाडि हुन्छ । त्यसकारण पीएसजीले उपाधि पक्का गरेको हो ।

यससँगै पीएसजीले फ्रेन्च लिग वानमा सबैभन्दा धेरै ११औँ पटक लिग उपाधि जित्न सफल भएको छ । मार्से र सेन्ट इटिनेले समान १० पटक लिग उपाधि जितेका छन् । पछिल्लो ११ वर्षमा पीएसजीको यो नवौँ लिग उपाधि हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro