site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवनमा दुई हजार ६०० गाईभैँसीमा लम्पी स्किन
गाईपालन । फाइल तस्बिर ।

चितवन । चितवनमा पालिएका दुई हजार ६७४ गाईभैँसीमा लम्पी स्किनको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पी स्किनको समस्या देखिएको हो ।

कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान छन् । राप्ती नगरपालिकामा एक हजार ३७५ र इच्छाकामना गाउँपालिकामा ७८५ गाईभैँसी यस रोगबाट प्रभावित भएका उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यस्तै, माडी नगरपालिकामा १८३, खैरहनी नगरपालिकामा ११०, कालिका नगरपालिकामा १००, रत्ननगर नगरपालिकामा ४५ र भरतपुर महानगरपालिकामा ७६ गाईभैँसी प्रभावित भएका छन् ।

यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने डा. आचार्यले बताए । गर्मीयाममा लामखुट्टे, झिँगालगायत कारण यो रोगको प्रकोप देखिने गरेको उनको भनाइ छ ।

डा. आचार्यका अनुसार विगत केही दिनदेखि गाईभैँसीमा लम्पी स्किनको संक्रमण फैलिएको छ । “गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ,” उनले भने ।

यो रोग विशेष गरी संक्रमित लामखुट्टे, झिँगालगायत टोकाइबाट लाग्ने गर्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरिनरी अस्पतालले जनाएको छ ।

लम्पी स्किन रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अरू किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए । रोग लाग्नबाट बचाउनका लागि लम्पी स्किनविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro