site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी र वाग्मती प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा
फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागहरूका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro