राजनीति

पोखरा । नेपाली कांग्रेस गण्डकी संसदीय दलको उपनेतामा विन्दुकुमार थापा चयन भएका छन् । शुक्रबार कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले थापालाई उपनेतामा मनोनयन गरेका हुन् ।
उनलाई कांग्रेस प्रदेश सभा संसदीय दलको विधान, २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन गरिएको हो ।
थापा गत निर्वाचनमा कास्की–२ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रदेश सभामा दोहोरिएका थापा यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सरकारमा कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० २१:०१
प्रतिक्रिया दिनुहोस्