site stats
बाह्रखरी :: Baahrakhari
खेल
एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली महिला टिमको घोषणा भएको छ ।

टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । टिममा चोटका कारण पूर्वकप्तान प्रीति राई अटाएकी छैनन् ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले यो समूहमा घरेलु टिम म्यानमार, चीन र चाइनिज ताइपेइ छन् । नेपालले जुन ६ मा म्यानमारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । जुन आठमा नेपालले चीनसँग र जुन १० चाइनिज ताइपेइसँग खेल्नेछ ।

Himalayan Bank
Dabur nepal
Agni Group

यसअघि नेपालले छनोटको पहिलो चरणमा घरेलु टिम प्यालेस्टाइन र मारियाना आइसल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।

नेपाली टिम :

Global bank

गोलकिपर : कविता बिक, लिला जोशी, सवित्री किसन

रक्षक : सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दीव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, अन्जली मचामसी, साराह बज्रचार्य

फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सन्दीपा भोलन ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय