site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं फर्किएर पुनः ‘ठगी धन्दा’लाई निरन्तरता दिने योजनामा भट्टराई

काठमाडौं । आँखामा हेरेर जस्तोसुकै रोग निको पार्नेभन्दै उपचारको नाममा ठगी धन्दा चलाउँदै आएका ‘सीमान्त गुरु’ भनिएका भरत भट्टराई काठमाडौं फर्किएका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित सूर्यकिरण टोलमा रहेको अलौकिसीमान्त गुरुक मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालिमार्फत् ठगी धन्दालाई निरन्तरता दिने योजनामा उनी काठमाडौं भित्रिएको स्रोतले बताएको छ । 
 
उक्त केन्द्रमा बसेर भट्टराईले टिकटक लाइभ र भिडियो कलमार्फत् सर्वसाधारणलाई रोग निको हुने भन्दै भ्रम फैलाउने कामलाई निरन्तरता दिइरहेका छन् ।  “गुरु अहिले टिकटक लाइभ र भिडियोबाट मात्रै परामर्श दिइरहनुभएको छ, व्यवस्थित गरेर केही दिनपछि बिरामीलाई बोलाउँछौँ” उनका सहयोगीले भने । 

यता, तारकेश्वर नगरपालिका वडा नम्बर ७ ले भट्टराईको गलत कामबारे गुनासो आएपछि ज्योतिष केन्द्र बन्द गराउन पहल थालेको छ । “यही वडामा उनीजस्तै माता गुरुजस्ता नाममा अरु ठगी कार्य पनि भइरहेको बुझेका छौँ । हामीले प्रहरी र स्थानीयको सहयोगमा उनको व्यवसाय बन्द गर्न पहल गरिरहेका छौँ,” वडा सचिव हरिकृष्ण अर्यालले बाह्रखरीसँग भने । 

यसअघि स्थानीयसँग पैसा लिएर उपचार गर्ने भन्दै तुलसीपुर उपमहानगर वडा नम्बर ६ स्थित त्रिशिद्धेश्वरी मन्दिर पुगेका भट्टराईलाई जिल्ला प्रशासनले कार्यक्रम गर्न रोक लगाएको थियो । भट्टराईलाई तुलसीपुरकै उद्योगीको टिमले त्यहाँ पुर्याएको थियो । जेठ ७ गते आइतबार उक्त मन्दिरमा दाङबासीलाई भेट्ने कार्यक्रम राखेकोमा उनलाई भेट्न हजारौँ स्थानीयको भीड लागे पनि केही स्थानीयले भने उनको विरोध गरेपछि कार्यक्रम नगरी उनलाई भगाइएको थियो । 

१२ गते काठमाडौं फर्किने योजना बनाएर दाङ गएका भट्टराई त्यहाँबाट लखेटिएपछि भने काठमाडौं आएर लुकेर बसेका थिए । 

आँखा जुधाएकै भरमा क्यान्सरसम्म निको पारिदिने भ्रम, सरकार बेखबर (भिडियोसहित)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro