site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलहरीमा आरोप लगाउने लेखनाथ भन्छन्– कमजोरी नभएको भए एमाले किन आत्तिएको त ?
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरीको विषयमा संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । गएको जेठ १० गते प्रतिनिधिसभा बैठकमा आफूले बोलेको विषयमा एमालेले संसद् अवरोध गरेपछि उनले त्यस्तो बतएका हु्न् ।

उनले एमालेले उक्त विषयलाई पहिले सामान्य रुपमा लिएको र अहिले एकाएक गम्भीर रुपमा उठाएको बताए ।

Dabur Nepal
NIC Asia

“मैले यती, ओम्नी, पशुपतिको जलहरीको विषयमा तपाईँहरुको पालामा भएको भ्रष्टाचारका विषयमा छानबिन गर्नुपर्दैन भन्ने सन्दर्भमा त्यसो भनेको हुँ । त्यसपछि पनि मेरो एमाले सांसद्हरुसँग भेट भएको थियो । उहाँहरुले कुनै आपत्ति जनाउनुभएको थिएन,” उनले बाह्रखरीसँग भने, “एकाएक संसद् अवरुद्ध भयो ।”

उनले एमालेले गलत नगरेको भए किन डराएको त भन्दै प्रश्न पनि गरे । बाह्रखरीसँगको संक्षिप्त कुरकानीमा उनले महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख भएको विषय आफूले उठाएको बताए । 

यता, एमालेले भने जलहरीको विषयमा दाहालले माफी माग्नुपर्ने माग गरिरहेको छ । उनले आफूले माफी नमाग्ने बरु समिति बनाउनुपर्ने बताए ।

“उहाँहरुले अनावश्यक रुपमा उचाल्नुपर्ने कारण छैन । उहाँहरुले कमजोरी गर्नुभएको छ । कमजोरी नगरेको भए किन आत्तिएको त ? महालेखा परीक्षकको प्रतिवेदनमा पनि जलहरीको विषय उल्लेख छ । यसमा के भएको हो ? संसदीय छानबिन समिति बनाउँदा हुन्छ,” उनले बाह्रखरीसँग भने, “मैले माफी माग्ने कुरा हुँदैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro