राजनीति
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई एमाले सांसदहरूले बोल्न अवरोध गरेका छन् । तर, पनि पाण्डेले आफ्नो धारणा राखेका छन् । तर, उनले बोलिरहँदा एमालेले भने नाराजुलुस गरेको छ ।
“यहाँ बोल्न पाइन्छ, यसलाई व्यवस्थित रूपमा लगियोस्,” पाण्डेले भने, “सरकारले आफ्नो कुरा राख्छ । प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ ।”
प्रतिनिधिसभाको बैठक पशुपतिको जलहरी विवादले प्रभावित भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाइएको जलहरी सुनको भनेर पित्तलको हालिएको भन्दै माओवादी सांसदले गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको छ ।
एमालेले माओवादीले बोलेको कुरा रेकर्डबाट नहटेसम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १२:४१
प्रतिक्रिया दिनुहोस्