site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातदोबाटोविरुद्ध सहज जित निकाल्दै रेलिगेसन क्षेत्रबाट उक्लियो फ्रेन्ड्स, मनाङलाई रेलिगेसनको डर
Tiktok banner adTiktok banner ad

काठमाडौं । सातदोबाटो युथ क्लबविरुद्ध ४–० को जित निकाल्दै फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन क्षेत्रबाट उक्लिएको छ ।

लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत देखिएको फ्रेन्ड्स यो जितसँगै १२औं स्थानमा उक्लियो । २१ खेलबाट २४ अंक जोडेको फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा रहेको संकटा क्लबभन्दा एक अंकले माथि छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फ्रेन्ड्सलाई जित दिलाउन टोरिक जेब्रिनले दुई गोल गर्दा रफिक एमिनु र प्रकाश बुढाथोकीले समान एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै एमिनुले गरेको गोलबाट फ्रेन्ड्सले अग्रता बनाएको थियो । एमिनुको गोलमा पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा तीन गोल थप्यो ।

प्रकाश बुढाथोकीले ५५औँ मिनेटमा गोल गर्दै फ्रेन्ड्सको अग्रतालाई दोब्बर पारेका थिए । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा जेब्रिनले दुई गोल गरेपछि फ्रेन्ड्सले सहज जित निश्चित गर्यो ।

आजै च्यासल रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरीमा रोकिँदा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको उपाधि यात्रामा धक्का पुगेको छ । यता, लिगमा १०औं बराबरी खेलेको मनाङ भने रेलिगेसन क्षेत्रको जोखिममा परेको छ ।

बराबरीमा रोकिँदा दुई अंक गुमाएको चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ । जुन दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबभन्दा तीन अंकमात्र माथि हो । लिगमा अब अन्तिम पाँच चरणका खेलहरु मात्र बाँकी छन् ।

समान खेलबाट २५ अंक जोडेको मनाङ भने तालिकाको ११औँ स्थानमा खस्किएको छ । जुन रेलिगेसन क्षेत्रमा रहेको संकटा क्लबभन्दा दुई अंकमात्र माथि हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro