site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आकाशको उत्कृष्ट बलिङप्रेरित मुम्बई दोस्रो क्वालिफायरमा, लखनउ ८१ रनले पराजित

काठमाडौं । आकाश माधवलको उत्कृष्ट बलिङप्रेरित मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सविरुद्ध ८१ रनको फराकिलो जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा खेल्ने भएको छ ।

बुधबार राति चेन्नाईमा भएको इलिमिनेटरमा मुम्बईले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले १६.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमात्र जोड्न सक्यो । मुम्बईविरुद्ध लखनउका तीन ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । मार्कुस स्टोइनिसले ४०, काइल मयेर्सले १८ र दीपक हुडाले १५ रन जोडे ।

लखनउलाई सस्तैमा समेट्न मुम्बईका कशिलो बलिङ गरेका आकाशले पाँच विकेट लिए । ३.३ ओभर बलिङ गरेका आकाशले पाँच रनमात्र खर्चिए । यसबाहेक, क्रिश जोर्डन र पियुश चावलाले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो ।मुम्बईका म्यामरुन ग्रीनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादवले ३३, तिलक वर्माले २६, नेहल वाधेराले २३, रन बनाए । इशान किशनले १५, टिम डेविडले १३ र कप्तान रोहित शर्माले ११ रन थपे ।

लखनउका नवीन उल हकले चार विकेट लिएका थिए । यश ठाकुरले तीन विकेट लिँदा मोसिन खानको नाममा एक विकेट रह्यो ।

मुम्बईले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध खेल्नेछ । यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नाई सुपर किङ्सले फाइनलमा स्थान बनाएको थियो । मुम्बई र गुजरातबीचको क्वालिफायर शुक्रबार हुनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro