site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईपीओमार्फत् घाटा बाँड्दैछन् कम्पनी, लगानीकर्ताले वर्षाैँसम्म पाउँदैनन् प्रतिफल
Ghorahi CementGhorahi Cement

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले आनलाइनबाट आईपीओमा आवेदन दिने व्यवस्था गरेसँगै अहिले घर तथा कार्यालयमा नै बसेर सहज रूपमा आईपीओमा आवेदन दिन सकिन्छ । 

पहिले–पहिले कुनै कम्पनीको आईपीओ खुल्दा आईपीओ भर्न चाहनेहरूले दिनभरको काम माया मारेर बैंकका शाखामा लाइन बस्नुपर्ने बाध्यता थियो । सीडीएससीले गरेको प्रविधिको विकासले सहज त बनाएको छ । त्योसँगै विकृति पनि ल्याएको छ ।

लाइन बसेर आईपीओ भर्दा मागअनुसार आवेदन नपरेर कम्पनीहरूले समय थप गर्नुपर्ने बाध्यता थियो ।  त्यही भएर पनि आह्वान पत्र सार्वजनिक गर्दा आईपीओ भर्ने छिटो अवधि र ढिलो अवधि भनेर तोक्ने प्रथाको सुरूवात भयो । 

Agni Group

तर, अहिले मागभन्दा बढी आवेदन पर्ने गरेकाले छिटो अवधिमा नै आईपीओको आवेदन बन्द हुने गरेको छ ।  अनलाइनबाट आईपीओ भर्ने व्यवस्था भएसँगै जस्तासुकै कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन बढी पर्ने गरेको छ ।  

आईपीओ किन भर्ने भनेर कतिपयले बुझेका हुँदैनन् ।  आईपीओ निष्कासन गर्ने सबै कम्पनीको आईपीओ भर्ने वा नभर्ने भन्ने पनि उनीहरूमा ज्ञान हुँदैन ।  आईपीओ निष्कासन गर्ने कम्पनीले पनि आफ्नो ऋण तिर्न वा व्यवसाय वृद्धि गर्न यस्तो आईपीओ निष्कासन गर्ने गरेका छन् । 

Global Ime bank

लगानीकर्ताले विवरण पत्र अध्ययन गरेर मात्र आईपीओ भर्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुली बताउँछन् । आाईपीओ भर्दा जोखिमलाई हेरर मात्र भर्नुपर्ने उनको भनाइ छ ।  १० कित्ता आईपीओ भर्नु भनेको कम्पनीको नाफा र लगानीलाई हेरेर भविश्यको प्रतिफललाई सुनिश्चित गर्नु हो । तर, अहिले त्यसो नभएर ट्रेडको मानसिकताले आईपीओ भर्ने गरिएको उनी बताउँछन् । 

“आईपीओ भर्नु भनेको त्यो कम्पनीमा तपाईंको लगानी हो । घाटामा गएका कम्पनीमा लगानी गर्दा विचार पु¥याउनु पर्छ,” उनले भने, “घाटामा छ भनेर थाहा पाउँदा पाउँदै लगानी गर्ने हो भने जोखिम बहन गर्ने क्षमता पनि हेर्नुपर्छ ।” 

अरूको भरमा परेर लगानी गर्न नहुने पनि पराजुली बताउँछन् । दोस्रो बजारमा सेयर कारोबार गर्दा पनि आफ्नो क्षमता हुर्नुपर्ने उनको भनाइ छ ।  बजारमा आएका जुन पनि कम्पनीको आईपीओ भर्न नहुने विज्ञको टिप्पणी छ ।

घाटामा गएका कम्पनीले प्रतिफल दिँन सक्दैनन् । यसले वर्षौँसम्म आईपीओमा हालेको रकमले ऋण तिर्ने र सञ्चालक समितिलाई फाइदामात्रै हुने विज्ञको टिप्पणी छ । घाटामा नै भए पनि बिना कारण कतिपय कम्पनीको सेयर मूल्य आईपीओ सूचीकृत भएको केही समयसम्म उकालो लाग्ने गरेको छ । 

बिना कारण कम्पनीको सेयर मूल्य बढ्दा पनि लगानीकर्ता जस्तो सुकै कम्पनीको पनि आईपीओ भर्नप्रति आकर्षित हुने गरेका छन् ।  विषेश गरी हाइड्रोवार कम्पनीहरू घाटामा छन् र ऋण तिर्न ती कम्पनीले आाईपीओ निष्कासन गर्ने गरेका छन् । 

ती कम्पनीले नाफा कमाएर कहिले प्रतिफल दिने कुनै आधार हुँदैन । तर, ती कम्पनीहरूको पनि लगानीकर्ताले आईपीओ खरिद गर्न हानथाप गरिरहेका छन् । 

त्यसैगरी धितोपत्र बोर्डले हालै आईपीओ निष्कासन गर्न अनुमति दिएका अधिकांश कम्पनीको हालत यस्तै छ ।  घाटा मै भए पनि आईपीओ निष्कासन गर्ने र त्यो घाटा सर्वसाधारणलाई बोकाउने कम्पनीहरुले गरेका छन् । 

यसअघि नेप्सेमा सूचीकृत ४३ वटा कम्पनीहरू अहिले अस्तित्वमा नरहेको लिन सकिन्छ । विभिन्न समयमा नेप्सेमा सूचीकृत कम्पनीहरू अहिले कारोबारमै छैनन् । कारण कुनै योजना नभएका कम्पनीहरूले आईपीओ निष्कानस गर्ने र सर्वसाधारणबाट रकम असुल्ने र बन्द गर्ने प्रपञ्च हुन सक्छ । 

तर, लगानीकर्ताले आँखा चिम्लिएर जुन पनि कम्पनीमा लागानी गर्नु उचित नहुने कतिपय विज्ञ बताउँछन् ।  आईपीओ सूचीकृत हुनेबित्तिकै सेयर बजारका खोलाडीहरूले खेल्ने र त्यसलाई बढाउने गर्दा सर्वसाधारण आईपीओ भर्न आकर्षित भएका हुन् ।

घाटामा गएका कम्पनीमा लगानी नगर्न बोर्डका अध्यक्षको आग्रह 

केही दिन अगाडि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पनि घाटामा गएका कम्पननीको आईपीओ नकिन्न सर्वासाधारणलाई सचेत गराए । उनको यस्तो भनाइप्रति आम जनमानसले धितोपत्र बोर्डले चाही सर्वसाधारणले भर्न नमिल्ने आईपीओलाई किन स्वीकृति दिन्छ त ? भनेर प्रश्न पनि सोधेका छन् । 

हुन पनि अध्यक्ष हमालले भनेको र बोर्डले गर्दै आएका व्यवहार मिल्दो जुल्दो छैनन् । 

घाटामा गएका कम्पनीलाई बोर्डले स्वीकृति दिएपछि सर्वसाधारणले एक हजार रुपैयाँ खर्च गर्न ठूलो कुरा मान्दैनन् । कतिपयलाई त कम्पनीको वित्तीय विवरण पनि हेर्न आउँदैन् । 

त्यसले गर्दा पनि कुन कम्पनीको आईपीओ भर्ने कुन कम्पनीको आईपीओ नभर्ने भन्ने नै थाहा हुँदैन । वित्तीय विवरण बुझेकाहरूले पनि घाटामै भएका कम्पनीको आईपीओ भर्ने गरेका छन् । किनभने घाटामै गएको कम्पनी भए पनि आईपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनेबित्तिकै बढ्छ भन्ने उनीहरूलाई विश्वास छ । 

यो विश्वास बढाउनमा बजारमा आएका नयाँ कारोबारीहरूको अज्ञानताले ठूलो भूमिका खेलेको छ ।  जसको आईपीओ परेको हुन्छ, त्यसैले समूह बनाएर त्यही कम्पनीको सेयर किन्न लगाउने र सेयर मूल्य बढाएर आफ्नो बेच्ने पनि बजारमा हुने गरेको छ । 

हालसम्म आईपीओ निष्कासन गर्ने सबै कम्पनीले प्रतिफल दिएका छैनन् । कतिपय कम्पनी त बन्द नै भएका पनि छन् ।  यी कुरा सबैले नबुझ्दा आज जस्ता पनि कम्पनीको सेयर उच्च दरमा माग हुने गरेको छ । यसरी बढी आवेदन दिँदा बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीलाई फाइदा हुन्छ । 

आईपीओ भर्दा पहिले कम्पनीको सञ्चालक समिति, कम्पनीले गर्ने काम, भविष्यमा यसले गर्न सक्ने नाफा र जोखिमलाई पनि नियाल्नुपर्ने हुन्छ । तर, अहिलेको बजारमा त्यस्तो देखिँदैन । यसको कारण अर्काको भनाइमा लागेर सेयरमा लगानी गर्ने र जोखिम अध्ययन नगर्ने बढ्नु हो । 

धितोपत्र बोर्डले स्वीकृति दिएका आईपीओ सबैले भर्नुपर्छ भन्ने हुँदैन । यसमा आफ्नो विवेक प्रयोग गरेर वित्तीय विवरण र भविश्यको योजना हेरेर आईपीओमा लगानी गर्नुपर्ने हुन्छ । किनभने आईपीओ भर्नेले प्रतिफललाई पनि ध्यान दिनुपर्छ । 

वर्षाैँसम्म घाटा मै रहने भनेर कम्पनीले आह्वान पत्र र विवरण पत्रमा सबै स्पष्ट देखाएको हुन्छ ।  आईपीओ भर्ने प्रणालीमा नै कमजोरीहरू भएको हमाल स्वीकार्छन् । त्यसलाई आफ्नो पालामा सुधारेर लैजाने पनि उनले बताए । 

अहिलेको ठूलो समस्या भनेको अण्डर राइटिङ सिस्टम भएको उनी बताउँछन् । 

“हामीले १०० रूपैयाँ सम्मलाई पावर भ्यालु ग्यारेन्टि गरेका छौं । ७० रुपैयाँ नेटवर्थ छ भने पनि हामीले १०० मा दिइरहेका छौं । पछि प्रोजेटमा बढी देखिएला तर अहिलेको रियल त ७० रूपैयाँ हो,” उनले भने, “यो वर्षाैदेखि चलिरहेको छ । डकुमेन्टको रूपमा सबै कुरा पुगेर आएको छ, सटिफाइट चार्टड एकाउन्टहरूले अडिट पेपरमा साइन गरेका छन् । हामीले हेर्ने भनेको डकुमेन्ट हो । त्यहाँ चाटर्ड अकाउन्टेण्टले विवरण स्वीकृति गरेको हुन्छ । कम्पनीको मूल्यमा अण्डर राइटिङ फिक्स गरेका छौं ।” 

हामीले आईपीओ भर्ने एक हजारले लाखौं डुब्ने र घाटामा चल्दै आएको कम्पनीको मालिकलाई फाइदा पुग्छ । आईपीओ निष्कासन गर्नु भनेको नाफा घाटा सबैलाई बाँड्नु हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC