site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा शाहलाई रघुजी पन्तको चेतावनी
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । 

मंगलबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा शाहलाई तेस्रोपटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिए । उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए । 

राजाले शान्तिपूर्ण रुपले गद्दी छोडेको र दलहरुले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै उनले शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे । राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने उनको भनाइ थियो । 

“राजालाई पूर्वराष्ट्राध्यक्षको रुपमा देशले सम्मान, सुरक्षा दिएको छ । त्यसको राजाले कदर गर्नुप¥यो । राजीतिक लक्ष्य त्याग्नुपर्‍यो,” उनले भने, “राजनीति गर्न मन लाग्छ भने संविधानले त रोकेको छैन । खोल्नुस् पार्टी । चुनाव लडेर आउनुहुन्छ भने भइहाल्यो ।”

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro