site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय सरकारमा थपिए एक मन्त्री र एक राज्यमन्त्री

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई मन्त्री थपिएका छन् । 

मंगलबार प्रधानमन्त्री प्रचण्डको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपा सांसद वीरेन्द्र महतोलाई वन तथा भू–संरक्षण र प्रमिला कुमारीलार्ई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका हुन् ।

महतो प्रतिनिधिसभा सदस्य हुन् भने प्रमिला राष्ट्रियसभा सदस्य हुन् । प्रमिला कुमारीलाई जसपाले उपराष्ट्रपतिमा रासहायप्रसाद यादवको उमेदवारी रहने, नरहने विवाद भएपछि ‘प्रोक्सी’ उमेदवार समेत बनाएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्