राजनीति

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० ०६:५२
प्रतिक्रिया दिनुहोस्