site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाको कन्सास सहरको बारमा गोली चल्दा तीनजनाको मृत्यु, दुई घाइते
प्रतीकारात्मक तस्बिर ।

मिसौरी । संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास सहरको बारमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन्।

पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए ।   त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो ।

गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको  प्रहरीले जनाएको छ । फक्स न्युजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ । पीडितहरूको पहिचान हुन सकेको छैन ।

के कारणले गोली चलाएको हो भन्नेबारे अनुसन्धान जारी छ । सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले  उल्लेख गरेको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro