site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिपक्षको सुझाव कार्यान्वयन गर्दा सरकार फेर्नुपर्दैन : ठाकुर गैरे
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रतिपक्षले दिएको सुझाव कार्यान्वयन गर्दा सरकार परिवर्तन गर्नु नपर्ने बताएका छन् । सोमबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गैरेले यस्तो बताएका हुन्

“यहाँ प्रस्तुत भएका सही सुझावहरु कार्यान्वयन गर्दाखेरि, कार्यान्वयन गर्ने बित्तिकै यो सरकार परिवर्तन गर्नुपर्दैन नि । हामीले यो सदनमा हाम्रो सुझाव कार्यान्वयन गर्‍यो यदि भने प्रधानमन्त्री बदल्नुपर्छ त भनेका छैनौँ नि,” उनले भने, “सुझावहरु कार्यान्वयन गर्दा प्रधानमन्त्री अहिलेकै रहने हो । अर्थमन्त्री अहिलेकै रहने हो । र उहाँहरुले नै सदनमा आएका सुझावलाई ग्रहण गरेर आफ्नो प्रतिवेदनलाई देश र जनताको पक्षमा समृद्ध बनायो, राम्रो बजेट ल्यायो, स्याबास् भनेर जनताले स्याबासी दिने उहाँहरुलाई नै ।”

Dabur Nepal
NIC Asia

सुझाव कार्यान्वयन गर्दा बजेट राम्रो हुने र सत्तापक्षले नै प्रशंशा पाउने भन्दै उनले सो कुरा सत्तापक्षलाई स्वीकार्य नभएको देखिएको बताए । 

“सत्तापक्षले सदनमा जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले दिएका सुझावहरुलाई ग्रहण गरेर, कार्यान्वयन गरेर जाँदाखेरि यही सरकारको निति, कार्यक्रम पपुलर हुने हो नि । यही सरकारले ल्याउने बजेट जनपक्षीय बन्ने हो नि,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro