site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदले भने– संसद्मा दोहोरी सुनेजस्तो लाग्यो
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले पटक–पटक प्रधानमन्त्री बनेकाहरूले जनता हँसाउने काम गरिरहेको बताएका छन् ।

अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनता र युवालाई नेपाल बनाउने सपना देखाउने र विश्वास जगाउने काम गर्न नसकेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

सोमबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममा सांसदहरूले राखेको टिप्पणी ‘दोहोरीमा रूपान्तरण’ भएको भन्दै नेपाली जनताले यो दोहोरी हेर्न नचाहेको बताए ।

“आफूचाहिँ पटक–पटक प्रधानमन्त्री हुने, मन्दीमा गयो, यो गर्न दिएन, त्यो गर्न दिएन भनेर के हुन्छ ? जनता हँसाउने काम नगर्नुस्,” उनले भने, “यो नीति तथा कार्यक्रम हेर्दा कन्फुजनहरूको सँगालो हो । यसमा स्पष्ट हुनुपर्छ र पोेलिसीमा डिपाचार नगर्ने, भएका काम टालटुल गर्ने अनि नयाँ नेपाल बनाउँछु भनेर हुन्छ ?”

नेपाली राजनीतिमा अब पुराना दल नसच्चिए सकिनुको विकल्प नभएको उनले उल्लेख गरे ।

उनले मधेससँग सौताको व्यवहार हुने गरेको गुनासो पनि गरे । उपयोगका नाममा चुरेको दोहन र मधेस मरुभूमिकरण गर्ने काम हुँदै गएको उनले बताए ।

“यहाँ पूर्वप्रधानमन्त्रीको कुरा र माननीयहरूको कुरा सुन्दा दोहोरी सुनेजस्तो लाग्यो,” उनले भने, “यहाँ दाहिनेपट्टि बस्नेहरूले सबै कुरा सुधार र चमात्कार भएको छ भन्छन्, अनि यताबाट उता जानेबित्तिकै कागजको खोस्टो हो, यसले केही हुँदैन भन्ने चलन छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu